logo
  • शनिबार, असोज १७ २०८३

कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै ललितपुरमा प्रदर्शन


  • पब्लिक सूचना
  • आइतबार, भाद्र १७ २०८०

ललितपुरमा कोशी प्रदेशको नाम खारेज गर्न मागसहित प्रदर्शन भएको छ।

आइतबार दिउँसो किरात याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवसको अवसरमा ललितपुरको जावलाखेलदेखि ढोलाहितिस्थित चुम्लुङ् हिमसम्म प्रदर्शन र्‍याली निकालिएको हो।

उनीहरूले कोशी प्रदेशको नाम खारेज गरी ऐतिहासिक पहिचानको आधारमा नाम राख्नुपर्ने माग गरेका थिए।

लिम्बुवान/किरात कायम गर भन्ने मूल नाराका साथ र्‍याली निकालिएको थियो। यस सन्दर्भमा उनीहरूले कला प्रदर्शनी समेत आयोजना गरेका छन्।

गत फागुन १७ गते कोशी प्रदेशको नामकरण भएको थियो। दुई तिहाइ बढी मतले उक्त नाम पारित गरेको थियो। तर त्यसयता कोशी प्रदेशको नामको विरोध हुँदै आएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend