logo
  • शनिबार, असोज १७ २०८३

सृजनशील उद्यमी मेलामा तीजका सामानको आकर्षण


  • पब्लिक सूचना
  • आइतबार, भाद्र १७ २०८०

नेपाली महिला दिदीबहिनीको महान् पर्व तीजको अवसरमा महिला सृजनशील केन्द्रले सृजनशील तीज मेला आयोजना गरेको छ । मेलामा तीजको सामानको आकर्षण बढ्दो छ ।

मेला भदौ १५ गते सुरु भएको हो । मेलाको उद्घाटन माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, मिस नेपाल २०२३ सृच्छा प्रधानलगायतबाट गरिएको थियो । मेलामा लत्ताकपडा, सौन्दर्य प्रसाधन, जुत्ताचप्पल, ब्याग, गरगहना, हेण्डीक्राफ्ट, फर्निचर, विभिन्न खाद्य पदार्थ, बैंक तथा वित्तीय संस्थालगायतका सयभन्दा बढी स्टल छन् ।

राइजिङ्ग नेपाल प्रा.लिको व्यवस्थापन तथा  नबिल बैंक र नारी मासिकको सहकार्यमा भएको डाबर वाटिका तीज मेलाको २० औं संस्करण हो । दरबारमार्गस्थित होटल डेल अन्नपूर्णमा चलिरहेको उक्त मेलाको आज अन्तिम दिन हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend