पब्लिक सूचना
पेप्सिकोलामा बसले गुडिरहेका ३ वटा सवारी साधनलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य सात जना घाइते भएका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार जडीबुटीबाट पेप्सीकोला आउँदै गरेको बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको भट्टले बताउनुभयो ।
उहाँका अनुसार बा ३ ख ४८४८ नम्बरको बसले विपरीत दिशा तर्फबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडी एक आपसमा ठोकिँदा बा.प्र.०२ ०३७ प ५३११ नम्बरको स्कुटर र बा.प्र.०२ ०४१ प ४८३८ नम्बरको मोटरसाइकलसहित ठोकिई भएको सवारी दुर्घटना भएको हो।
घाइतेलाई उपचारका लागि मिनभवनस्थित सिभिल अस्पतालमा लगिएको जनाइएको छ। दुर्घटना बिहान ८ बजेतिर भएको र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई सकेको जनाएको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend