logo
  • शनिबार, असोज १७ २०८३

संखुवासभा बाढीमा बेपत्तामध्ये एकको शव भेटियो


  • पब्लिक सूचना
  • मंगलबार, असार ५ २०८०

संखुवासभामा बाढी पहिरामा परेर बेपत्ता भएका २१ जनामध्ये एक जनाको शव भेटिएको छ।

सोमबार चैनपुर नगरपालिका–१० निगुरेमा एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।

शरीरको आधा भाग (कम्मरभन्दा मुनि) मात्र भेटिएका कारण शवको पहिचान खुल्न सकेको छैन। सुपर हेवा हाइड्रोपावरबाट बेपत्ता भएका एक जना पुरुषको शव फेला परेको प्रहरी नायब उपरीक्षक गोदारले बताए।

फेला परेको शव परीक्षणका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शनिबार राति वर्षासँगै आएको बाढीले बगाउँदा जिल्लाका विभिन्न स्थानका २१ जना बेपत्ता भएका थिए। बेपत्ता २१ जनामध्ये चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपर हेवा हाइड्रोपावरका १७ जना मजदुर हुन्।

बाढीले सभापोखरीमा दुई, चैनपुरको नुनढाकीमा एक र अप्पर हेवाखोला हाइड्रोपावरका एक जना मजदुर अझै बेपत्ता छन्। बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

बाढीले बगाउँदा सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने दुई जना मजदुर घाइते भएका छन्। गम्भीर घाइते दुवै जनाको हेल्पिङ हेन्ड्स सामुदायिक अस्पताल चैनपुरमा उपचार भइरहेको छ।

चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिराले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो।

बाढीले जिल्लाका विभिन्न ११ घरमा क्षति पुगेको छ। बाढीले तीनवटा पक्की पुलमा क्षति पुर्‍याएको छ। बाढीले भौतिक संरचना बगाउँदा करोडौंको क्षतिको भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend