logo
  • शनिबार, असोज १७ २०८३

नाम्सी पुलमा पहिरो खसेपछि मुग्लिन-नारायणघाट सडक एकतर्फी


  • पब्लिक सूचना
  • बिहिबार, भाद्र १४ २०८०

मुग्लिन-नारायणघाट सडक एकतर्फी चलिरहेको छ।

आज बिहान चितवनको इच्छाकामना गाउँपालिकास्थित नाम्सि पुल नजिकै पहिरो खसेपछि सडक एकतर्फी सञ्चालन भइरहेको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए।

अहिले सडक दुईतर्फी खुलाउन मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको उनले बताए।

‘सामान्य गेग्रान खसेको हो, आधा घन्टा/४५ मिनेटमा दुइतर्फी सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ,’ सुवेदीले भने।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend