logo
  • शनिबार, असोज १७ २०८३

प्रधानमन्त्री प्रचण्ड आज धनगढी जादै


  • पब्लिक सूचना
  • बुधबार, भाद्र १३ २०८०

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित समाजवादी मोर्चाका नेताहरू आज धनगढी आउँदै हुनुहुन्छ ।

समाजवादी मोर्चाले यहाँ आयोजना गर्न लागेको सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्न उहाँहरू धनगढी आउन लाग्नुभएको हो । प्रधानमन्त्री दाहालसहित सभालाई नेकपा (एकीकृत समाजवादीका) का अध्यक्ष माधवकुमार नेपाल, जसपाका गोविन्द चौधरी र नेकपाका नेत्रविक्रम चन्द (विप्लव) ले सम्बोधन गर्नुहुने जानकारी दिइएको छ ।

सन्देश सभामा एक हजार जनाको सहभागिता रहने नेकपा (एकीकृत समाजवादी) का सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले बताउनुभयो । सन्देश सभा सौँराइ पार्टी प्यालेसमा आयोजना हुने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend