logo
  • शनिबार, असोज १७ २०८३

कुलमान घिसिङलाई तत्काल पदबाट निलम्बन गर्नुपर्छ : प्रेम सुवाल


  • पब्लिक सूचना
  • मंगलबार, भाद्र १२ २०८०

sf7df8f}F, $ h]]7 M k|ltlglw;ef a}7sdf ;f+;b ;'jfn k|ltlglw;efsf] ;f]daf/sf] a}7sdf ;f+;b k|]d ;'jfn ;~rf/ tyf ;"rgf dGqfno, pmhf{ dGqfnodf vr{ s6f}tL ug{'kg]{af/] dGtJo /fVg'x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्काल पदबाट निलम्बन गर्न सरकारसँग माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले बिजुली महसुल असुली गर्न नसकेकाले प्राधिकरणका निर्देशक घिसिङलाई तत्काल पदबाट निलम्बन गरी कारबाही गर्नुपर्ने माग गरेका हुन्।

सांसद सुवालले डेडिकेटेड ट्रंक लाइनबाट बिजुली लिने, तर अर्बौं महसुल नतिर्नेहरूसँग मन्त्रीहरुले साँठगाँठ गरिरहेको आरोप लगाउँदै तथ्य बाहिर ल्याउने गरी छानबिन गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

उनले राजनीतिक दलहरूले राष्ट्रिय मान्यता प्राप्त गर्न तीन प्रतिशत मत ल्याउनैपर्ने प्रावधानसहितको निर्वाचनसम्बन्धी एकीकृत मस्यौदा लोकतन्त्रको मर्मविपरीत रहेको दाबी गरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend