logo
  • शनिबार, असोज १७ २०८३

६० किलो सुन प्रकरण: अध्यागमन विभागका महानिर्देशक अधिकारी गृहमन्त्रालयमा तानिए


  • पब्लिक सूचना
  • बिहिबार, भाद्र ७ २०८०

अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृहमन्त्रालयमा तानिएका छन् । सुन तस्करीमा जोडिएका दावासँगको सम्बन्धको विषय बाहिर आएपछि अधिकारीलाई मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

साउन ३ गतेको सुन तस्करी प्रकरणपछि पक्राउ परेका दावा छिरिङसँग नियमित सम्पर्क रहेको विवरणसहितका समाचारहरु सार्वजनिक भइरहेका बेला अधिकारीलाई मन्त्रालयमा तानिएका हुन् ।

अधिकारीले सुन तस्करीमा मुछिएका दावा छिरिङसँग पटक पटक सम्पर्कमा रहेर कुरा गरेको म्यासेजसहितका विवरण केही दिनयता सार्वजनिक भइरहेका थिए।

उनी १६ फागुन २०७९ मा अध्यागमन विभागको महानिर्देशक बनेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend