logo
  • आइतबार, असोज १८ २०८३

अपराह्न ४ बजे प्रधानन्यायाधीशको शपथ


  • पब्लिक सूचना
  • मंगलबार, भाद्र ५ २०८०

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथ अपराह्न ४ बजेका लागि तय भएको छ । प्रधानन्यायाधीशले राष्ट्रपतिसमक्ष शपथ लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार अपराह्न ४ बजे राष्ट्रपति निवास शीतल निवासमा शपथ लिइन लागिएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव शैलजा रेग्मी भट्टराईका अनुसार अपराह्न ४ बजेका लागि शपथको तयारी भएको हो । त्यसका लागि मंगलबार बिहानैबाट चिठी पठाउने लगायतको काम हुने भट्टराईले बताइन् ।

गत साउन १८ गते संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस भएका विश्वम्भरप्रसाद श्रेष्ठको भदौ ४ गते सोमबार संसदीय सुनुवाइ भएको थियो । संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिमा प्रधानन्यायाधीशमा अनुमोदित भएपछि सोमबार नै संवैधानिक परिषद्ले सो को जानकारी राष्ट्रपति कार्यालयलाई गराएपछि राष्ट्रपतिबाट सोमबार साँझ नै श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend