logo
  • शनिबार, असोज १७ २०८३

नारायणगढ–मुग्लिन सडकको पहिरो ४० प्रतिशत पन्छाइयो, १२ बजेसम्ममा सडक खुलाउनले प्रयास


  • पब्लिक सूचना
  • मंगलबार, भाद्र ५ २०८०

नारायणगढ–मुग्लिन सडकको नाम्सी पुल नजिकै झरेको पहिरो रातभरको प्रयासमा करिब ४० प्रतिशत पन्छाइएको छ। यहाँ सोमबार राति ८ बजे ठूलो पहिरो झरेको थियो।

रातिबाटै एउटा लोडर र एउटा स्काभेटरले पहिरो पन्छाउन थालेका थिए। सडक डिभिजन कार्यालय भरतपुरका ईन्जिनियर सागर कार्कीले विहानदेखि ३ वटा लोडर र २ वटा स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने प्रयास भइरहेको बताए।

यो ठाउँमा २०७९ असारमा पनि यस्तै ठूलो पहिरो झरेको थियो। त्यतिखेर दिउँसो साढे १२ बजेतिर झरेको पहिरो साँझ पौने ६ बजेसम्म हटाइएको थियो।

‘अहिलेले झरेको पहिरोको परिमाण पनि उस्तै हो। रातिको समयमा झरेकाले पन्छाउन गाह्रो भयो,’ ईन्जिनियर कार्कीले भने, ‘उज्यालो भएपछि तीव्र गतिमा काम भइरहेको छ।’

उनले सबै कुरा अनुकल भए दिउँसो १२ बजेसम्ममा पहिरो पन्छाइसकिने बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend