logo
  • शनिबार, असोज १७ २०८३

वडा अध्यक्षले गरे आत्महत्या


  • पब्लिक सूचना
  • शनिबार, भाद्र २ २०८०

तम्घास, भदौ २ गते । मुसिकोट नगरपालिका– १ का  ४५ वर्षीय वडा अध्यक्ष मोहन घिमिरेले आत्महत्या गरेका छन् ।

शनिवार बिहान ५ बजे सामाजिक सञ्जालमा  परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ, प्रिय अनिता, साथ निभाउन सकेन , मलाई माफ गरे , घर परिवार ,साथीभाइ ,शुभचिन्तक सबै प्रति माफी चाहन्छु । अल बिदा भन्ने स्ट्याटस लेख्नु भई उनले झुन्डिएर आत्महत्या गरेका छन् ।

सामाजिक सञ्जालमा स्ट्याटस देखेपछि स्थानीय र प्रहरीको टोलीले खोजतलास गर्दा झाँक्री थानमा रुखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend