logo
  • शनिबार, असोज १७ २०८३

भोलि सदन खुल्छ: प्रधानमन्त्री


  • पब्लिक सूचना
  • शनिबार, भाद्र २ २०८०

काठमाडौँ, भदौ २ गते । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आइतबारबाट संसद्को अवरोध हट्ने बताउनुभएको छ ।

शनिवार स्व. राजवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएका प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले संसद् गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै आज पनि संसद् अवरोध अन्त्यका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले आज साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद् गतिरोध खुलाउन प्रयास गर्ने र आइतबार संसद् सुसञ्चालन हुनेमा आशावादी रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले निरन्तर पहल गर्दै आएको तपाईँहरूलाई थाहा छँदै छ । हिजो मात्रै पनि सभामुखजीसँग बालुवाटार नै उहाँ आउनु भयो र उहाँसँग कुरा भएको छ । आज बेलुकासम्म हामी प्रयास बढाउँदै छौँ । आशा छ भोलि सदन खुल्छ ।’

प्रधानमन्त्री दाहालले संसद् अवरोध खुलाउनका लागि आफूले सभामुखसहित प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छलफल अघि बढाइरहेको पनि बताउनु भयो । नेपाल न्युज एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend