logo
  • शनिबार, असोज १७ २०८३

हेलो सरकार २४ सै घण्टा खुला


  • पब्लिक सूचना
  • शनिबार, भाद्र २ २०८०

काठमाडौँ, भदौ २ गते । जनतासँगको सरोकारका विषय र गुनासाहरू राख्न पाउने गरी सुरुवात गरेको हेल्लो सरकार अव २४ घण्टा खुला रहने भएको छ । आठ घण्टाका दरले तीन सिफ्टमा रहेर गुनासोहरू टिपोट गरी कार्यान्वयन गर्नका लागि यो सेवालाई थप विस्तार गरी काम अघि बढाएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

सरकारसँग चित्त नबुझेका विषय र सरकारी कर्मचारीले गरेका काम कारबाहीलाई थप सुधार गर्न आफ्ना सुझाव र गुनासाहरू राख्न पाइने आचार्यले जानकारी दिनुभयो । प्रत्येक नेपालीले सरकारलाई सुझाव दिनु जरुरी छ त्यसैले हेलो सरकारको टोल फ्री नम्बर ११११ मा एनटिसी र एनसेलको नम्बरबाट कल गर्न सक्ने व्यवस्था गरेको जनाएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend