logo
  • शनिबार, असोज १७ २०८३

अर्थतन्त्रको सवालमा वैचारिक पक्षधरता नराखी छलफल गरौं : एमाले अध्यक्ष ओली


  • पब्लिक सूचना
  • बिहिबार, साउन ३२ २०८०

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्रको सवालमा कुनै वैचारिक तथा सैद्धान्तिक पक्षधरता नराखी छलफल गर्नुपर्ने बताउनुभएको छ ।

एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले बुधबार आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था : समस्या र समाधान’ विषयक कार्यक्रममा बोल्नुहुँदै उहाँले अर्थतन्त्रलाई सही र विकासको बाटोमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “म आग्रह गर्न चाहन्छु यो देश हामी बस्ने देश, यहाँ उपलब्धि, सफलता नै सफलता, देश विकास भयो भने आगाडि बढ्यो भने औद्योगिकीकरण, उद्यमशीलता बढ्यो भने यसले सबैलाई सकारात्मक प्रतिफल दिने हो।होइन भने तपाईंहरुलाई मर्का पर्छ।मेरो पर्सनल्ली उद्योग छैन ।”

उहाँले भन्नुभयो, “हामी त्यसको चिन्ता गरिरहेका छौं, आग्रह, पूर्वाग्रह, वैचारिक, सैद्धान्तिक पक्षधरता नराखिकन छलफल गरौं।अर्थतन्त्रलाई सही बोटामो फर्काऔं र विकासको बाटोमा अगाडि बढाऔं।कुनै समर्थन, आग्रह नलिइकन जहाँसम्म अर्थतन्त्रको कुरा छ के आग्रह, पूर्वाग्रह नराखी, विपक्षको समर्थन् वा विरोधको कुनै आग्रह नलिइ छलफल गर्ने हो ।”

उद्योगलाई फस्टाउने वातारण छ भने सबैले ताली बजाएर समर्थन गर्नुपर्ने तर राजनीतिक संलग्नताको भरमा उद्योग मर्दै गएको उहाँको भनाइ छ। उहाँले एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय आयोग बन्न ढिला हुँदा सुन हराएको आरोप लगाउनुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, “सय केजी सुन ६१ केजीमा झर्यो। उच्चस्तरीय आयोग बन्न नदिएर सयबाट ६१ मा झरिसक्यो।भेब्स भन्ने इलेक्ट्रिकल बिजुली सिग्रेट पक्राउ पर्‍यो।साढे नौ केजी सुन थियो।जफत गरेर स्टोरमा राखियो, बाहिरबाट ताला लगाएको लगाएकै छ।साढे नौ केजी सुन हरायो।उच्चस्तरीय आयोग बन्न नदिएको सफलता यो हो ।” उहाँले यति धेरै लगानी गर्ने को हो भनेर प्रश्नसमेत गर्नुभयो।

प्रधानमन्त्रीसँग भएको छलफलको प्रसंग जोड्नुहुँदै उहाँले भन्नुभयो, “सम्मननीय प्रधानमन्त्रीले हामीलाई ६० दिनमा ३५ दिन बाँकी छ।छानबिन गर्न दिनुस् अनि आयोग बनाउला भन्नुभयो।मैले भने, ‘त्यसबेलासम्म सकिन्छ।अर्थतन्त्र कुबाटोतिर जाँदैछ ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend