logo
  • शनिबार, असोज १७ २०८३

रवि लामिछाने र चिनियाँ राजदूत चेन सङबीच शिष्टाचार भेट


  • पब्लिक सूचना
  • बुधबार, साउन ३१ २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र चिनियाँ राजदूत चेन सङबीच शिष्टाचार भेट भएको छ।

सभापति लामिछाने र चिनियाँ राजदूतबीच पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा शिष्टाचार भेट भएको हो। भेटमा नेपाल र चीनका आपसी हित, चासोका विषयमा छलफल भएको रास्वपाले जानकारी दिएको छ।

त्यस्तै,  मुलुकको आर्थिक विकास, सुशासन र ग्रामीण विकासका विषयहरूमा छलफल भएको रास्वपाले बताएको छ।

उत्तरी सीमा क्षेत्रमा नेपालले बेहोरिरहेको समस्याप्रति राजदूतलाई ध्यानाकर्षण गराएको रास्वपाको भनाइ छ। जवाफमा सीमा क्षेत्रमा देखिएका समस्या समाधानको पहल लिन चीन तत्पर रहेको जानकारी राजदूतले दिएका थिए।

पार्टी सभापति लामिछानेले रास्वपा एक चीन नीतिप्रति अडिग रहेको पनि अवगत गराएका थिए।

राजदूतसँगको शिष्टाचार भेटमा प्रतिनिधि सभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीय सदस्यद्वय  लिमा अधिकारी र प्रतिभा रावल सहभागी थिए।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend