पब्लिक सूचना
;'gwf/fdf gjlgld{t w/x/f
sf7df8f}F, !) j}zfv M ;'gwf/fdf gjlgld{t w/x/f . oxL j}zfv !! ut] zlgaf/ cf}krfl/s ?kdf o;sf] pb3f6g ug]{ sfo{qmd 5 . lj;+= @)&@ j}zfv !@ ut]sf] e"sDkaf6 k"0f{ ?kdf Iflt ePsf] w/x/fsf] glhs of] lgdf{0f ul/Psf] 5 . t:jL/ M /Tg >]i7, /f;;
काठमाडौं, साउन ३१ गते । २०७५ साल असोज १ गते दुई वर्षमा सक्ने निर्माण सुरु गरिएको धरहरा पुनर्निर्माण अझै सम्पन्न हुन सकेको छैन । पाँचौँ पटक म्याद थप गरेर काम सक्ने भने पनि निर्माण जिम्मा पाएको जिआइटिसी रकम कन्स्ट्रक्सन जेभीले हाल ८२ प्रतिशत मात्र काम सम्पन्न गरेको छ ।
यसको वित्तीय प्रगति भने ७८ प्रतिशत छ । पाँचौँ पटक थप गरिएको समय धरहरा निर्माणका लागि अझै पनि अपुग हुने देखिएको छ । छैटौँ पटक थप गरिएको समयमा निर्माण सकिने नसकिने भन्ने पनि अगाडीको कार्यशैली हेर्दा शङ्का गर्ने बाटो अझै छ । शहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) आयोजना उपनिर्देशक झप्पर बहादुर विश्वकर्माका अनुसार यस आयोजनाको ८२ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
आयोजना उपनिर्देशक विश्वकर्माका अनुसार यस आयोजनाको पछिल्लो म्याद असार २७ गते तीन महिनाका लागि थप भएको छ । यस आयोजनाको अन्तिम म्याद आगामी असोज २५ सम्म छ । विचमा कोरोना महामारीको कारण थप भएको म्याद विचमा कामदारको समस्या र निर्माण सामग्रीको अभाव देखाउँदै पटक पटक म्याद थप भएको छ । निर्माण कम्पनीले अन्तिम पटक थपेको म्यादमा बाँकी काम सबै सक्ने जनाएको विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “२०७५ सालमा दुई वर्षका लागि ठेक्का लगाएको धरहराको ठेक्का अहिलेसम्म पाँच पल्ट थप भएको छ । अब थपेको समयमा भने निर्माण कम्पनीले काम सक्ने प्रतिबद्धता जनाएको छ ।”
उहाँका अनुसार यस आयोजनाको प्रमुख कामहरु सकिएको छ । अब ससाना कामहरु मात्र बाँकी रहेकाले थपिएको म्यादमै आयोजनाका सबै काम सकिनेछन् । यस आयोजनाको मुख्य भाग धरहरा (माथिको भाग) को काम सकिएकाे छ । तलको बेसमेन्ट पार्किङकाे निर्माणको काम पनि सबै सकिएको छ । वरिपरि बगैंचा निर्माणको काम र विद्युतीय जडानको काम मात्र बाँकी रहेकाले तोकिएको समयमा नै काम सकिने उहाँ बताउनुहुन्छ । मिन्ट म्युजियमको काम पनि बाँकी छ ।
दशैँमा धरहरा चढ्न पाइने
आयोजना उपनिर्देशक झप्परबहादुर विश्वकर्माका अनुसार यस आयोजनाको असोज अन्तिममा सबै काम सकिने भएकाले दशैँमा सर्वसाधारणले धरहरा चढ्न पाउनेछन् । उहाँले भन्नुभयो, “निर्माण कम्पनीले अब थपिएको म्यादमै आयोजनाको काम सक्ने जनाएको छ । आयोजनाको काम सम्पन्न भएर हस्तान्तरण हुने बित्तिकै हामी सर्वसाधारणका लागि खुल्ला गर्छौं ।”
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend