logo
  • शनिबार, असोज १७ २०८३

पाँच लाख घुससहित इन्जिनियर र लेखापाल पक्राउ


  • पब्लिक सूचना
  • बुधबार, साउन ३१ २०८०

काठमाडौँ, साउन ३१ गते । सप्तरीकाे विष्णुपुर गाउँपालिकाका एमआइएस अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।

बुधवार (आज) बिहान ९ बजे सेवाग्राहीसँग अपरेटर यादवले दुई लाख नगद र लेखापाल यादवले तीन लाख रुपियाँको चेक लिँदै गरेको अवस्थामा आयोगको इटहरीबाट खटिएको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको आयोगका प्रवक्ता भोला दाहालले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

सोलार बत्ती जडानलगायतको योजनामा भुक्तानी गर्दा सेवाग्राहीसँग घुस रिस्वत लिइरहेको अवस्थामा यादवद्वयलाई आयोगको कार्यालय इटहरीको टोलीले राजविराज-३ बाट नियन्त्रणमा लिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend