logo
  • शनिबार, असोज १७ २०८३

सर्लाहीको हरिपुरमा ८६ जना बालबालिकार्लाइ शैक्षिक सामग्री र आर्थिक सहयोग


  • पब्लिक सूचना
  • सोमबार, असार ४ २०८०

सर्लाहीको हरिपुरमा बुवा गुमाएका ८६ जना बालबालिकार्ला शैक्षिक सामग्री र आर्थिक सहयोग गरिएको छ ।

स्थानीय समाज विकास केन्द्र हरिपुर १ हजारविघाले हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलभमेन्टसँग सहकार्य गरी बुवाको निधन भइसकेका बालबालिकालाई पठनपाठन सामग्री र आर्थिक सहयोग गरेको हो । नगरभित्रका विभिन्न सरकारी विद्यालय तथा मदरसामा अध्ययन गरिरहेका ती बालबालिकालाई कापी, कलम, जोमिट्री बक्स, पानी खाने बोतल, छातालगायतका पढने सरसामग्री र जनही ६ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको स्थानीय समाज विकास केन्द्रका सल्लाहकार टेकबहादुर थापा (अर्जुन) ले जानकारी दिए ।

उनका अनुसार बालबालिकालाई आइतबार दिउँसो हरिपुर ६ स्थित लक्ष्मीपुर माविमा जम्मा पारेर यस प्रकारको सहयोग गरिएको हो । बुवा नभएका बालबालिकालाई संस्थाले सहयोग गरेपछि पढाईमा टेवा पुगेको छ ।

कार्यक्रममा पूर्व राज्यमन्त्री रिजमान अन्सारी, मधेश प्रदेशसभाकी सदस्य विमला अन्सारी, हरिपुर नगरपालिकाको शिक्षा शाखाका प्रमुख नागेश्वर राय, लक्ष्मीपुर माविका प्रधानाध्यापक रामऔतार चौधरी, मर्जुवाका प्रधानाध्यापक सन्जर अन्सारीलगायतको आतिथ्यता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend