logo
  • शनिबार, असोज १७ २०८३

आज प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा, जनमतकी अनिता देवी मन्त्री बन्ने


  • पब्लिक सूचना
  • आइतबार, साउन २८ २०८०

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गरेर जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागेका हुन् । स्रोतका अनुसार मन्त्रिपरिषद आजै हेरफेर हुनेछ ।

जनमतले पार्टीबाट सांसद अनिता देवी साहलाई मन्त्रीका लागि यसअघि नै सिफारिस गरिसकेको छ । प्रधानमन्त्री प्रचण्डले अनितालाई आज मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

प्रचण्डको मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ । जनमतलाई सहकारमा सहभागी बनाउन वर्तमान मन्त्रिपरिषद्का सदस्यलाई हटाउनु पर्नेछ ।

माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाएर जनमतकी अनिता देवीलाई मन्त्री नियुक्त गर्ने तयारी प्रचण्डको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend