रौतहटबाट अबैध हतियार सहित दुई जना पक्राउ परेका छन्। हतियारसहित पक्राउ पर्नेमा सर्लाही मंलगवा नगरपालिका–७ बस्ने उमेश राय र मोहन राय छन्।
रौतहटको मौलापुर नगरपालिका स्थित आइटी चौक बाट चेकजाँच गर्ने क्रममा बिरगंज तर्फबाट आउँदै गरेको यु पी ५७ एफ ३२३८ नम्बरको मोटरसाइकलमा सवार दुबै जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र सोमा लाग्ने गोलि समेत बरामद गरिएको रौतहटका डिएसपी उमाशंकर यादवले जानकारी दिए।
हतियारसहित पक्राउ परेका उनिहरुलाइ अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको यादवले बताए।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend