logo
  • शनिबार, असोज १७ २०८३

देशभरका मुख्य नदीमा जलसतह उल्लेख्य बढ्ने, उपत्यकामा बाढीको उच्च जोखिम


  • पब्लिक सूचना
  • शनिबार, साउन २७ २०८०

मनसुनको न्यूनचापीय रेखा नेपालनजिक सरेपछि आज देशका धेरै स्थानमा मध्यम, भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान् छ।

सोही अनुसार देशका मुख्य नदी र त्यसका सहायक नदीहरूमा जलसतह पनि उल्लेख्य बढ्ने पूर्वानुमान् छ।

बाढी पूर्वानुमान् महाशाखाले आज सप्तकोशी, तमोर, अरूण, दूधकोशी, तामाकोशी, सुनकोशी, नारायणी, त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती, कालीगण्डकी, कर्णाली, भेरी, पश्चिम सेती, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा जलसतह बढ्ने जानकारी दिएको छ।

यीमध्ये बागमती नदीको जलसतह सतर्कता तह पुग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक आसपास भइ बहने स-साना नदीहरूमा बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

त्यस्तै ईलाम, झापा, संखुवासभा, भोजपुर, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, रौतहट, पर्सा, बारा, चितवन, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहूँ, रुकुम पुर्व, रुकुम पश्चिम, जाजरकोट, सल्यान, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा र आसपास भई बहने केहि स-साना नदीहरुमा आकस्मिक बहावको जोखिम रहने पूर्वनुमान छ ।

देशैभरका नदी तथा खाेलामा जलसतह बढ्याे, कञ्चनपुरमा १ सयभन्दा बढी घरमा पानी  पस्यो | Ujyaalo Online:: Nepal News, Nepali Samachaar

साथै मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, कास्की, स्याङजा, पर्वत, म्याग्दी, बाग्लुङ, नवलपरासी (ब. सु. पु), नवलपरासी (ब. सु. प), रुपन्देही, कपिलवस्तु, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, रोल्पा, डोटी, अछाम, दार्चुला, बैतडी र आसपास भई बहने केही स-साना नदीहरूमा बहाव बढ्न सक्ने पूर्वानुमान छ।

देशका धेरै ठाउँमा वर्षा, यी हुन् बाढीको जोखिम भएका नदी तथा खोला |  सुदुरपश्चिम खबर

भोली र पर्सी बागमती, गण्डकी, लुम्बनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने स-साना नदीहरूमा जलसतहले सतर्कता तह पार गर्ने र बाढी आउने सम्भावना छ।

महाशाखाले नदी खोलाका तटीय क्षेत्र, पहिरो जान सक्ने भिरालो जमिन, डुबानमा पर्न सक्ने क्षेत्र र सडक यात्रा गर्दा सतर्क रहन अनुरोध गरेको छ।

तिनाउ नदीमा बाढी : तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend