पब्लिक सूचना
काठमाडौँ — प्रस्तावित विद्यालय शिक्षा विधेयक २०८० का प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरुले आन्दोलनको घोषणा गरेका छन् । मंगलबार प्याब्सन, एनप्याब्सन र हिसानले संयुक्त पत्रकार सम्मेलन गरी विधेयकप्रति असहमति राख्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
माग पूरा नभए निजी विद्यालय बन्द गर्नेसम्मका आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ । प्याब्सनका अध्यक्ष डिके ढुंगाना, एनप्याब्सन अध्यक्ष पाण्डव हमाल र हिसान अध्यक्ष रमेश सिलवालद्वारा जारी विज्ञप्तिमा सरकारले विधेयकमा गरेको व्यवस्था अलोकतान्त्रिक रहेको आरोप लगाइएको छ ।
‘शिक्षालाई मर्यादित, व्यवस्थित, प्रविधिमैत्री, बनाउँदै आएका निजी विद्यालयहरुको मर्म र योगदानको प्रतिकूल असर पर्ने यस्ता विधेयकहरु समयमा नै संशोधन गरी निजी लगानीको संरक्षण र सम्वर्द्धनको सुनिश्चितता हुने लिखित प्रतिबद्धता सरकारको तर्फबाट हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।
सरोकारवालाहरुले भने विद्यालय बन्दको कार्यक्रमप्रति आपत्ति जनाएका छन् । सञ्चालकहरुले निजी लगनीको शिक्षालाई सरकारले मास्न प्रयास गरेर सशक्त आन्दोलन गर्न बाध्य नभएको बताएका छन् ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend