पब्लिक सूचना
काठमाडौँ । मकवानपुरको बागमती गाउँपालिकामा पहिरो आउँदा ५ जना पुरिएका छन् ।
बागमती गाउँपालिका–५ मा पहिरोले एउटा घर पुरेको र त्यहाँ ५ जना मानिस रहेको खबर आएको मकवानपुरका एसपी सिताराम रिजालले बताए ।
घटनास्थलमा प्रहरी पुगेको छ । पहिरोमा परेर एक जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरिएको छ । काभ्रेको सिमानामा पर्ने घटनास्थलमा सञ्चार सम्पर्क नहुँदा थप विवरण नआएको एसपी रिजालले जानकारी दिए ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend