पब्लिक सूचना
सुरक्षा पन्त अभिनीत फिल्म ‘जुलेबी’ को ट्रेलर सार्वजनिक भएको छ।
शुक्रबार डिएआर मुभिज युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा सुरक्षा पन्तलाई यौनकर्मीको भूमिकामा देख्न सकिन्छ। साथै ट्रेलरमा लभ र रोमान्सका दृश्यहरूलाई स्थान दिइएको छ।

एथोलजी विधामा रहेको फिल्ममा सुरक्षासँगै उषा रजक, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापालगायत कलाकारको अभिनय छ।
फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरको फिल्मलाई आभा शर्मा नेपालले निर्माण गरेकी हुन्। फिल्मको कार्यकारी निर्माता नविन भट्ट छन्।
विवेक खड्काले छायांकन गरेको फिल्मलाई अजय खड्काले सम्पादन गरेका छन्।
फिल्मका निर्देशक गणेश देव पाण्डे हुन्। यसअघि उनले फिल्म ‘मन्जरी’ र ‘गाजा बाजा’ निर्देशन गरिसकेका छन्।
यो फिल्म भदौ १ गतेदेखि प्रदर्शन हुनेछ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend