logo
  • शनिबार, असोज १७ २०८३

रास्वपाद्वारा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक


  • पब्लिक सूचना
  • आइतबार, असार ३ २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।

बैठक सोमबार बिहान ७ बजे घडी घरमा बस्ने गरी तय भएको पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

‘असार ७ गते पार्टीले स्थापना दिवस मनाउँदैछ, त्यसैको तयारीका लागि बैठक बोलाइएको हो,’ ढकालले सेतोपाटीसँग भने, ‘सात प्रदेशमा सात जना केन्द्रीय नेता खटाएर कार्यक्रम गर्ने कि भन्ने पनि छलफल भइरहेको छ। यही बारेमा कुराकानी हुनेछ।’

रास्वपाले पार्टी स्थापना दिवसका अतिरिक्त राजनीतिक कार्यदिशा, कार्यक्रममाथि पनि छलफल गर्दैछ।

पार्टी स्थापना दिवसकै दिन दस्तावेज सार्वजनिक गर्ने तयारी गरिए पनि पुनर्लेखन गर्नुपर्ने आवाज उठेपछि थप छलफल गर्ने भएको छ। महामन्त्री ढकाल नेतृत्वको नीति तथा विचार विभागले राजनीतिक दस्तावेज तयार पारेको हो।

६८ पृष्ठको दस्तावेजमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रदेशको वर्तमान संरचना खारेज, गैरदलीय राष्ट्रिय सभा परिकल्पना गरिएको छ। दस्तावेजमा दस वर्षसम्म दलको सदस्य नभएको राष्ट्रपति हुने र उपराष्ट्रपति खारेज गरेर राष्ट्रिय सभा अध्यक्षलाई नै त्यो भूमिका दिनुपर्ने प्रस्ताव छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend