logo
  • शनिबार, असोज १७ २०८३

पीताम्वर फिल्म्सको प्रस्तुतिमा शुक्रबारदेखि ‘अदृश्य’


  • पब्लिक सूचना
  • मंगलबार, साउन १६ २०८०

काठमाडौँ, साउन १६ गते । पीताम्वर फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘अदृश्य’ आगामी शुक्रबारदेखि प्रदर्शन हुने भएको छ ।  सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा निर्माता तथा निर्देशक प्रह्लाद काफ्ले, अभिनेता प्रमोद अग्रहरी, रवि गिरी, रिस्ता बस्नेत, प्रवीण खतिवडा र प्रिन्स प्रसिड सिंह थापाको उपस्थिति थियो ।

चलचित्रमा प्रमोद अग्रहरी, रिस्ता बस्नेत, सोहित मानन्धर, प्रवीन खतिवडा, छुल्ठिम गुरुङ, रवि गिरी, सिएम भारद्वाज सुवेदी, विकेश प्रजापति, प्रिन्स प्रसिड सिंह थापा, गीत विष्ट, सुरज विष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन वज्राचार्य, अजित रेग्मी, रूपेश थापा, अभिमान सिंह बस्नेत र प्रतीक भुजेललगायतका कलाकारको अभिनय रहेको छ । प्रह्लाद काफ्लेको डेब्यु र निर्देशनमा निर्माण भएको फिल्ममा मीना बस्नेत र उमारुद्रा काफ्लेको लगानी रहेको छ । रवीन अधिकारी र रिकेश खत्री फिल्मका सहनिर्माता हुन् । फिल्मलाई आरआर फिल्म्सले वितरण गर्दै छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend