कोशी प्रदेशका विभिन्न स्थानमा गएको बाढी पहिरोमा परेर २५ जना बेपत्ता भएका छन् । संखुवासभा, पाँचथर र ताप्लेजुङमा गएको बाढी पहिरोमा परेर २५ जना बेपत्ता भएका हुन् ।
सङ्खुवासभाको हेँवा खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु हुनुको साथै १६ जना बेपत्ता भएका छन् । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । जिल्लाको पाँचखपन नगरपालिका ५ मा बाढीले बगाएर ल्याएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै बाढीले चैनपुर ४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोमा क्षति पुगेको छ । उक्त परियोजनामा काम गर्ने १६ मजदुरहरू सम्पर्कविहीन रहेको जनाइएको छ । सम्पर्क विहीन भएकाहरूको अवस्था अज्ञात छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend