सर्लाही – सर्लाही जिल्ला वाग्मती नगरपालिकामा विगत केहि दिनदेखि भोल्टेज कमि आउने समस्या रहि आयकोमा हाल विभिन्न क्षेत्रमा बिधुत प्राधिकरणले ध्यानाकर्षण गरेको छ ।
विद्युत भोल्टेज कमि आउने गरेकाले स्थानीय बासिन्दाले धेरै नै शास्ती भोगेका थिए । भोल्टेज कम आउने समस्या बारे स्थानीय जनता साथै वडा सहित नगर प्रमुख ले अनेकौं प्रयास गरे पछी उक्त समस्या हल गर्न बिधुत प्राधिकरणले ध्यानाकर्षण गरेको साथै समस्या हल हुने बिश्वास गरे पछी स्थानीय जनता खुशिले गदगद भएका थिए ।
‘अहिले सर्लाहीमा एकदमै गर्मी छ । छोटो समयमा बिजुली काट्ने ,भोल्टेजको समस्या आउने गर्दा यहाँका बासिन्दालाई एकदमै समस्या भइरहेको छ । यो समस्याको कारण के हो ? यसको समाधान खोजेर तत्कालै समाधान गर्नुहोला भन्दै स्थानीय जनताले प्राधिकरणका कार्यालय प्रमुखलाई धेरै नै अनुरोध गरेको गुनासो पोकेका छ्न । यसमा नगरपालिकाले के गर्नुपर्छ, प्रदेश र संघीय सरकारसँग समन्वय गर्नुपर्ने होकि ? बजेटका लागि डेलिगेशनमा जानुपर्ने या अरु के समस्या छन्, त्यसमा हामी सँगसँगै अघि बढ्न सक्छौँ, जसरी पनि यो समस्या समाधान हुनुपर्यो।’ त्यहाका बासिन्दाले public_suchana का सम्वादाता सङ गुनासो गरेका छ्न । अहिले विद्युत भोल्टेजमा समस्या देखिए पछि सर्वसाधारणदेखि उद्योगी व्यवसायीलाई समेत मर्का परिरहेकाले छिटै नै समाधान निकाल्न आग्रह गरे।
छिनछिनमा बिजुली जाने समस्या त छँदैछ, त्यसैमाथि भोल्टेज पनि कम छ, यसले बिजुली हुनु र नहुनुको अर्थै भएन । यसमा प्राधिकरणको कमजोरी हो या प्राविधिक समस्या हो, यसलाई पनि छिटै समाधान गर्नुपर्ने देखिन्छ ।
अहिले सर्लाही लगाएत विभिन्न जिल्लाहरुमा सडकपेटी र फुटपाथमा विद्युतिय बत्ति नभएको , ठुला ठुला करकारखाना नभएको साथै धेरै विद्युत लाग्ने केही त्यस्तो सम्रचमा नहुदा नि किन यस्तो समस्या आइरहेको छ । यो गम्भीर समस्यालाइ व्यवस्थित गर्नका लागि गम्भीरतापूर्वक विद्युत प्राधिकरणले चासो दिन जरुरी छ । कतिपय स्थानमा स्थानीयले समस्या समाधानका लागि सहयोग नगर्दा समस्या समाधानमा ढिलाइ भएको र त्यसमा नगरबाट सहजीकरण गरिदिनका लागि विद्युत प्रधिकरणका कर्मचारीहरुले आग्रह गरेका छ्न ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend