logo
  • शनिबार, असोज १७ २०८३

आज हुने छ यी ठाउँमा भारी वर्षा


  • पब्लिक सूचना
  • मंगलबार, साउन ९ २०८०

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशका विभिन्न ७ ठाउँमा भारी वर्षा भइरहेको छ। दाङ, पाल्पा, नवलपुर र चितवनका ७ ठाउँमा भारी वर्षा भइरहेको हो।

दाङको सुखबारे क्षेत्रमा पछिल्लो २४ घण्टादेखि भारी वर्षा भइरहेको छ। बबइ नदीको जलाधार क्षेत्र रहेको सुखबारे क्षेत्रमा पछिल्लो २४ घण्टामा १०८.८ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ।

पाल्पाको बल्ड्याङगढीमा पछिल्लो २४ घण्टामा २४१.८ मिलिमिटर वर्षा मापन भएको छ। कालीगण्डकी नदीको जलाधार क्षेत्र रहेको पाल्पाको जल्पा क्षेत्रमा पछिल्लो २४ घण्टामा १०१.८ मिलिमिटर वर्षा मापन भएको छ।  नवलपुरको देउराली नवल क्षेत्रमा पछिल्लो २४ घण्टामा १५२ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ।

चितवन जिल्लाका ३ वटा ठाउँमा भारी वर्षा मापन भएको छ। चितवनको नारायणी क्षेत्रमा पछिल्लो २४ घण्टामा ११२.२ मिलिमटर वर्षा मापन भएको छ। यस्तै, भरतपुर विमानस्थल क्षेत्रमा २४ घण्टामा १४८.४ मिलिमिटर वर्षा मापन भएको छ। चितवनको रामपुर क्षेत्रमा पछिल्लो २४ घण्टामा १३१.४ मिलिमिटर वर्षा मापन भएको विगभाले जनाएको छ।

चितवनमा भइरहेको भारी वर्षाले नारायणी नदीमा जलसतह बढ्ने विभागले जनाएको छ। चितवनमा भारी वर्षा मापन भएका क्षेत्रहरु नारायणी नदीको जलाधार क्षेत्रअन्तर्गत नै पर्छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend