logo
  • शनिबार, असोज १७ २०८३

फिल्मबाट किन टाढा हुँदैछिन् अमिषा पटेल?


  • पब्लिक सूचना
  • सोमबार, साउन ८ २०८०

लामो समयपछि बलिउड एक्ट्रेस अमिषा पटेल फिल्म ‘गदर २’ मार्फत दर्शकमाझ आउँदैछिन्। लामो समयपछि बलिउडमा कमब्याक गरेकी अमिषा यो फिल्ममा सनी देओलका साथ देखा पर्दैछिन्। गदर २ को प्रमोसनमा व्यस्त रहेकी अमिषाले आफू रंगीन दुनियाँबाट टाढा हुँदै जानुको कारण पनि खोलेकी छिन्।

 एक अन्तर्वार्ताका क्रममा उनले भनेकी छिन्, ‘बलिउडमा अब सम्झनायोग्य फिल्म बन्न छाडे। पोस्टरमा समेत नायिकालाई स्थान दिन छाडियो। पहिला दर्शकहरु आफूलाई मन पर्ने नायिकाको तस्बिर हेरेर हलसम्म पुग्थे। तर अहिले फिल्ममा महिलाको भूमिकालाई छायामा पार्न थालिएको छ।’
उनले पहिले जस्तो अहिले कलाको सम्मान हुन छाडेको र बक्स अफिसमा सुपरहिट फिल्म देख्न छाडिएको समेत बताएकी छिन्। अमिषाले भनिन्, ‘दर्शकहरु भिलेन, कमेडियन, संगीत तथा फेसनलाई ठूलो शोखले हेर्थे । अब यी सब हराउँदै गएका छन्। कलाको सम्मान हुन छाडेको छ।’

– एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend