logo
  • शनिबार, असोज १७ २०८३

मौद्रिक नीतिले पर्ख र हेर भन्छः बैंकर मनोज ज्ञवाली


  • पब्लिक सूचना
  • सोमबार, साउन ८ २०८०

काठमाडौं- नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिले पर्ख र हेर भनेको बताएका छन्। ‘मौद्रिक नीति जिम्मेवारीबोध सहित काम गरेर बनाइएको,  अपेक्षित अनि पर्ख र हेर भन्ने आसय सहित आएको देखिन्छ,’ ज्ञवालीले बताएका छन्।

मौद्रिक नीति जारी भएपछि ज्ञवालीले सामाजिक सञ्जाल फेसबुकममार्फत उक्त टिप्पणी गरेका हुन्। मौद्रिक नीतिमा धेरै अपेक्षा नगरिएको र तरलताका विषयमा राष्ट्र बैंक खुकुलो हुन नचाहेको ज्ञवालीले दाबी गरेका छन्।

‘मौद्रिक नितिले कुनै खास नयाँ नितिगत व्यवस्थामा परिमार्जन गर्ने अपेक्षा गरिएको थिएन। वर्ष २०७९/८० को तेस्रो त्रैमासिक समीक्षामार्फत तत्कालीन समस्या समाधान गरिसकेको अवस्था र केहीयता तरलतामा सहजता रहेका कारण नेपाल राष्ट्र बैंक थप खुकुलो हुन नचाहेको देखिन्छ,’ उनले भनेका छन्।
साथै ज्ञवालीले राष्ट्र बैंकले नीतिगत परिवर्त गर्नुपर्ने कतिपय कुराहरुलाई पुनरावलोकनको ढाडस लगाएको टिप्पणी गरेका छन्।

‘समस्याहरु पहिचान भइसकेको तर नियामकीय व्यवस्थामा नीतिगत परिवर्तन गर्नुपर्ने अवस्था भएमा केही पछि गरिने गरी पुनरावलोकन गरिने भन्ने वाक्यांश सहित ढाडस दिन खोजेको देखिन्छ,’ उनले उल्लेख गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend