पब्लिक सूचना
न्यु लुक मिस्टर नेपाल २०२३को उपाधि पाइलट समर्पण कार्कीले हात पार्न सफल हुनुभएको छ । १९ जना प्रतिस्पर्धी पछि पार्दै कार्की उपाधि जित्न सफल हुनुभएको हो । पेशाले पाइलट कार्की १८ प्रतियोगीलाई पछि शीर्ष विजेता बनेका कार्कीले मिस्टर न्टल्लेक्चुअलको उपाधि समेत हासिल गरे।कार्कीले नगद ५ लाख बराबरको उपहारसँगै ‘मिस्टर वल्र्ड २०२३’ वा ‘मिस्टर ग्लोवल ०२३’मा नेपालको प्रतिनिधित्व अवसर प्राप्त गरेका छन्।

दरबारमार्ग स्थित होटल याक एण्ड यतिमा शनिबार अबेर साँझ एक भब्य समारोहबीच आयोजना भएको प्रतियोगीतामा काठमाडौंका निमेश कपाली फष्टरनरअप, काभ्रेका क्रिशल श्रेष्ठ सेकेन्ड रनरअप, चितवनका डा.विजय दुवाडी थर्ड रहनरअफ र भक्तपुरका असिम लामिछाने फोर्थ रनरअप घोषित भए।
रनरअप विजेता कपालीले बेष्ट पर्सनालीटी, श्रेष्ठले मोष्ट ट्यालेन्ट र जिन्सपार्क स्टाइल आइकन, दुवाडीले पब्लिक च्वाइस, लामिछानेले मोष्ट फोटोजेनिक उपाधि समेत हात परे।
‘मिस्टर र नेपाल’ पुरुष सहभागी हुने नेपालकै प्रतिष्ठित र ठूलो प्रतियोगिता हो । एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिता गत वर्षबाट नेक्स्ट मोडल्स नेपालले आयोजना गर्दै आएको छ।
युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगीतामा पाइलट, डाक्टर, इन्जिनियर, चार्टर एकाउन्टेन्ट लगायत प्रतियोगीका रुपमा रहेको नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए।
शनिवार काठमाडौँमा नेक्स्ट मोडल नेपालले प्रतियोगिताको आयोजना गरेको थियो । विजेतालाई ढाका टोपीको ताज पहिराइएको थियो ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend