logo
  • शनिबार, असोज १७ २०८३

मौद्रिक नीति : बैंकदर यथावत, नीतिगत दर घट्यो


  • पब्लिक सूचना
  • आइतबार, साउन ७ २०८०

काठमाडौं, साउन ७ गते । नेपाल राष्ट्र बैँकले नीतिगत दर घटाएको छ । आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति  सार्वजनिक गर्दै बैँक दरलाई ७.५ प्रतिशतमा  यथावत् राख्दै  नीतिगत दर घटाएको  हो ।

आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीति सार्वजनिक गर्दै आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै बैंकदरलाई ७.५ प्रतिशतमा यथावत् राखी निक्षेप सङ्कलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

सञ्चालन लक्ष्यको रुपमा लिएको भारित औसत अन्तर बैंक ब्याजदर बैंक दरभन्दा उच्च र निक्षेप सङ्कलन दरभन्दा न्यून भएमा दोस्रो बजार कारोबार र निक्षेप सङ्कलन बोलकबोल खुला गरिने राष्ट्र बैंकले जनाएको हो ।

बैंक दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलब्ध हुने व्यवस्थालाई यथावत् राखेको राष्ट्र बैंकले जनाएको छ ।

ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन करिडोरको तल्लो सीमामा स्थायी निक्षेप सङ्कलन सुविधा उपलब्ध गराउने पनि राष्ट्र बैंकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend