logo
  • आइतबार, असोज १८ २०८३

नारायणकाजी श्रेष्ठ माओवादी केन्द्रको कार्यवाहक अध्यक्ष


  • पब्लिक सूचना
  • आइतबार, साउन ७ २०८०

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पार्टीको कार्यवाहक अध्यक्ष तोकिएका छन्।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार साँझ इटली प्रस्थान गएकाले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकिएको माओवादी केन्द्रका महासचिव देव गुरूङले जानकारी दिए। कार्यवाहक प्रधानमन्त्री भने उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई तोकिएको छ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालयमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन शनिबार साँझ प्रधानमन्त्री प्रचण्ड इटली गएका हुन्।

प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यसूची छ।  उनी साउन १२ गते स्वदेश फर्कनेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend