पब्लिक सूचना
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले विधि, विधानअनुसार पार्टी सञ्चालन गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
शुक्रबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै सिंहले पार्टीका निर्णय प्रक्रिया विधिसम्मत हुनुपर्ने नत्र गुनासो मात्र आउने बताए।
‘पार्टीले निर्णय गर्दा प्रजातान्त्रिक प्रक्रिया पूरा गर्नुपर्छ नत्र गुनासो बाँकी रहन्छ,’ उनले भने, ‘पार्टी विधानअनुसार चल्नुपर्छ। यो कुरा मैले १० औं महाधिवेशनदेखि भन्दै आएको छु।’
विधानले निर्देशित गरेका काम गर्न पनि उनले सभापति देउवालाई आग्रह गरेका छन्।
उनले २०४६ सालपछि जसरी पनि सत्तामा पुग्नुपर्छ भन्ने मान्यता हाबी भएकोले मूल्यमान्यताको राजनीति कमजोर बनेको सिंहको भनाइ छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend