logo
  • आइतबार, असोज १८ २०८३

प्रकाश सपुतले ल्याए ‘दमाई महाराज’ (भिडिओ)


  • पब्लिक सूचना
  • शनिबार, साउन ६ २०८०

लोकगायक प्रकाश सपुतको नयाँ गीत सार्वजनिक भएको छ। शुक्रबार उनले आफ्नै युट्युब च्यानलमार्फत ‘दमाई महाराज’ बोलको गीत सार्वजनिक गरेका हुन्। गायनमा उनलाई शान्तिश्री परियारले साथ दिएकी छन्।

प्रकाश सपुतको शब्द तथा संगीत रहेको गीतमा सुदिप सागरले संगीत संयोजन गरेका छन्। गम्भिर विष्टले कोरियोग्राफी गरेको गीतमा प्रकाश सपूत, अन्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरी, सुनिल विक, पुष्पा अवस्थी, विजय थापा, लोकनाथ वाग्ले, विशाल घिमिरे, डिपलभ विक, प्रखर सपूतलगायत कलाकारको अभिनय छ।

मनकृष्ण महर्जन र दिनेश पराजुलीले छायांकन गरेको गीतलाई प्रविण भट्टले सम्पादन गरेका छन्। म्युजिक भिडिओमा प्रकाश सपुतकै लगानी, निर्देशन र कथा रहेको छ।

यसवर्ष सपुतले गीतसंगीतको माध्यमबाट जातीय विभेदविरूद्ध काम गर्ने बताएका थिए। गीतमार्फत उनले छुवाछुत तथा भेदभावविरूद्ध आवाज उठाएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend