logo
  • शनिबार, असोज १७ २०८३

लिचीको दाना घाँटीमा अड्किएर एक बालकको मृत्य


  • दिपेश घिमिरे
  • शुक्रबार, असार १ २०८०

मृत्य

सिन्धुलीमा गएराति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ ।

कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो । लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बालकको लिचीको दाना अड्किएर मृत्यु भएको अस्पतालबाट जानकारी प्राप्त भएको बताए ।

यसैबीच सुनकोशी गाउँपालिका–२ गजुलीदहस्थित सुनकोशी नदी किनारमा एक बालकको शव फेला परेको छ । बिहीबार साँझ बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । नाम ठेगाना खुल्न नसकेको अवस्थामा अन्दाजी नौ वर्षको बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend