पब्लिक सूचना
नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले सरकारविरूद्ध मसाल जुलुस निकालेको छ। शुक्रबार साँझ ६ बजेपछि उनीहरू मसाल जुलुस निकालेका हुन्। उनीहरूले विभिन्न प्लाकार्ड पनि बोकेर प्रदर्शन गरेका छन्।
उनीहरूले ‘सर्वसाधारणलाई सियो ल्याउँदा पिर्यो, तस्करीको सुन कसरी छिर्यो’, ‘सर्वसाधारणलाई कचकच, तस्कर रजगज’, ‘सुनको रह्यो ब्रेक शु, तस्करीमा गृहमन्त्रीकै ब्रेक थ्रु’, ‘सुन तस्करलाई पक्राउ गर’, ‘सेटिङमा सरकारको लस्कर, बिगबिगी सुन तस्कर’ लगायतका प्लाकार्ड बोकेर प्रदर्शन गरेका हुन्।
गत मंगलबार त्रिभुवन विमानस्थलबाट बाहिरिँदै गर्दा ट्याक्सीबाट ब्रेक शुसहित झन्डै १०० किलोको सुन बरामद गरिएको थियो। घटनाबारे भने बुधबार सार्वजनिक भएको हो। उक्त प्रकरणमा १० जनालाई समातिएको छ। उच्च अदालत पाटनले १० दिन म्याद थप गर्दै अनुसन्धान गर्न अनुमति समेत दिएको छ।
तस्बिरहरू:







© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend