पब्लिक सूचना
नेपाल पुलिस क्लब काभा वुमन्स लिगको सेमिफाइनलमा पराजित भएको छ।
पुलिस आज भएको सेमिफाइनलमा समूह ए काे विजेता कजाकिस्तानको तुरान भलिबल क्लबसँग ३-० ले पराजित भएको छ ।
तुरानसँग २५-१४,२५-१३,२५-११ ले पराजित भएपछि पुलिस उपाधि रक्षाबाट चुकेको छ।
माल्दिभ्सकाे मालेस्थित सोसल सेन्टसको इन्डोर हलमा पुलिसले घरेलु टाेली हुर्रा सोसाइटी क्लबँलाई ३-० ले हराउँदै समूह बीको उप विजेता बनेको थियो। पुलिस २५-१९, २६-२४ र २५-१६ ले विजयी भएको थियो।
समूह चरणका ३ मध्ये पुलिसले २ मा जित र १ मा हार बेहोरेको छ। पुलिस दोस्रो खेलमा इरानको फुलाद सेपाहाङ स्पोर्टस क्लबसँग २५-१४,२५-१५,२५-१८ ले हारेको थियो ।
पुलिसले पहिलो खेलमा इरानको हुमो भिसीलाई ३०-२८, २१-२५,२५-२१,२५-२३ ले हराएको थियो । पुलिस च्याम्पियनसिपको साविक विजेता हो।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend