logo
  • शनिबार, असोज १७ २०८३

पत्रकार दिनेश सिटौलाको निधन


  • पब्लिक सूचना
  • आइतबार, माघ १८ २०८२

पत्रकार दिनेश सिटौलाको निधन भएको छ।

आइतबार मध्याह्न १२:४५ बजे उनको निधन भएको ग्राण्डी अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।

‘चिकित्सकीय प्रोटोकलअनुसार मस्तिष्कको कार्य क्षमता परिक्षण गर्न एप्निय परीक्षण गरियो जुन पोजिटिभ थियो। जसले स्वतः श्रासप्रश्वास नभएको जनाउँछ। र उहाँको १२:४५ बजे निधन भएको जानकारी गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहसँगै सुदूरपश्चिमको भ्रमणमा रहेका दिनेश सिटौला अछाममा बेहोस भएका थिए। उनी माघ १६ गते बिहान पौने १० बजे एकाएक लडेका थिए।

प्रारम्भिक उपचारका लागि अछाम अस्पताल पुर्‍याउँदा उनको स्वासप्रश्वास गइसकको थियो। पछि उनलाई कार्डियोपल्मोनरी रेससिटेशन (सिपिआर) गरी ४५ मिनेटपछि मुटुको चाल फर्किएको ग्राण्डी अस्पतालले जनाएको छ।

उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित ग्राण्डी अस्पताल ल्याइएको थियो।

ग्राण्डी अस्पतालले उनमा गम्भीर हेमोरेज भएकाले क्रिटिकल र न्यूरो सर्जरी टिमले आइसियूमा भर्ना गरेको थियो।

४८ घण्टासम्म अनुगमन गर्दा न्यूरोलोजिकल अवस्थामा कुनै सुधार नदेखिएको र मस्तिष्कको कार्यक्षमता पुन:प्राप्तिमा कुनै संकेत नदेखिएको पनि अस्पतालले जनाएको छ।

उनी चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्षसमेत हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend