logo
  • आइतबार, असोज १८ २०८३

अब फिल्मका लागि गीत नगाउने अरिजित सिंहको घोषणा


  • पब्लिक सूचना
  • बिहिबार, माघ १५ २०८२

चर्चित भारतीय गायक अरिजित सिंहले ‘प्लेब्याक सिंगिङ’ बाट सन्यास लिएको घोषणा गरेका छन्। उनले मंगलबार साँझ सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफूले अब फिल्मका लागि प्लेब्याक गायन नगर्ने बताएका हुन्।

नयाँ वर्षको शुभकामना दिँदै अरिजितले लेखेका छन्, ‘यो यात्रामा मलाई साथ, माया र समर्थन दिने सबैलाई धन्यवाद। म अबदेखि प्लेब्याक गायकका रूपमा कुनै नयाँ काम लिने छैन। यो यात्रालाई यहीँ समाप्त गर्दैछु। यो एक सुन्दर अनुभव रह्यो।’

अरिजितको यो घोषणापछि सामाजिक सञ्जालमा प्रशंसकहरूले आश्चर्य र भावुक प्रतिक्रिया दिएका छन्। धेरैले उनको योगदानको प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका छन्।

अरिजित सिंह भारतीय फिल्म उद्योगका सफल र चर्चित गायक हुन्। उनका नेपालमा पनि लाखौं फ्यान छन्। संगीतकार समेत रहेका उनले गीत संगीतका अन्य काम गर्नेछन् वा छैनन्? त्यो भने केही खुलाएका छैनन्।

उनका ‘तुम हि हो’, ‘जनम जनम’, ‘अपना बना ले’, ‘ओ माही’, ‘अगर तुम साथ हो’, ‘मस्त मगन’, ‘मुस्कुराने की वजह तुम हो’ लगायत थुप्रै गीत चर्चित छन्। अरिजित सिंहले दुई वर्षअघि काठमाडौंमा समेत भव्य कन्सर्ट गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend