नेकपा (माओवादी केन्द्र) उपमहासचिव वर्षमान पुन चीनबाट उपचार गराएर आज स्वदेश फर्किएका छन् । पुनलाई पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
पुन चिनियाँ सहर छेन्दुबाट एयर चाइनाको नियमित उडानमार्फत् शुक्रबार नेपाल आएका हुन्। पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन् । पुन पत्नी ओनसरी घर्तीलाई लिएर गत फागुन १ गते चीन गएका थिए ।


© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend