logo
  • शनिबार, असोज १७ २०८३

कांग्रेस केन्द्रीय समिति बैठक: नेताहरुले आज पनि धारणा राख्दै


  • पब्लिक सूचना
  • शुक्रबार, साउन ५ २०८०

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसको बैठक आज (शुक्रबार) पनि बस्दै छ। शुक्रबार बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक झण्डै १ वर्षपछि मंगलबार बसेको हो। बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले १० वटा अजेन्डाहरु प्रस्तुत गरेका थिए। यस्तै, अर्का महामन्त्री गगन थापाले वार्षिक कार्यतालिकासहित प्रतिवेदन पेस गरेका थिए।
मंगलबार प्रस्तुत भएका अजेन्डा र प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले बुधबारदेखि धारणा राख्न सुरु गरेका हुन्। बुधबारको बैठकमा ४६ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए। बिहीबारको बैठकमा ३५ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए।
केन्द्रीय सदस्यहरुको आज (शुक्रबार) पनि आफ्नो धारणा राख्नेछन्। बिहीबार कांग्रेस केन्द्रीय समितिको बैठकमा पार्टी नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण निलम्बनको विषयले प्रवेश पायो। केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले कांग्रेस वरिष्ठ नेता एवं पूवै गृहमन्त्री बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने प्रस्ताव राखेका थिए।

छलफलका लागि पेस भएका १० वटा अजेन्डाभन्दा पनि नेताहरु आरोप–प्रत्यारोपमा उत्रेर आफ्ना भनाइहरु राखिरहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend