पब्लिक सूचना
भारतीय रोमान्टिक-एक्सन फिल्म ‘ओ रोमियो’ को ट्रेलर सार्वजनिक भएको छ।
बुधबार सार्वजनिक ट्रेलरमा अभिनेता शाहिद कपूर एक ग्याङस्टरको भूमिकामा छन्। अभिनेत्री तृप्ति डिमरीले यसमा बदला लिन निस्केकी महिलाको भूमिका निर्वाह गरेकी छन्।
३ मिनेट ८ सेकेण्डको ट्रेलरले मुम्बईको अपराधको कथा देखाउँछ।
शाहिदको नाचगानसँगै एक्सनका दृश्यहरू ट्रेलरमा समावेश छन्।
विशाल भारद्वाजको निर्देशन रहेको फिल्ममा शाहिद र तृप्तिसहित अविनाश तिवारी, फरिदा जलाल, नाना पाटेकर, तमन्ना भाटिया, दिशा पटानी, अरूणा इरानी, हुसेन दलाल, राहुल देशपाण्डे लगायतको अभिनय छ। विक्रान्त मेसीले विशेष भूमिका निर्वाह गरेका छन्।
फिल्मको निर्माता साजिद नाडियाडवाला हुन्। ‘ओ रोमियो’ भ्यालेन्टाइन डेको अवसर पारेर १३ फेब्रुअरी २०२६ मा प्रदर्शनमा आउने तय छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend