logo
  • शनिबार, असोज १७ २०८३

वीरगञ्ज महानगरका मेयरसहित दुई पूर्वमन्त्री एमालेमा प्रवेश


  • पब्लिक सूचना
  • सोमबार, माघ ५ २०८२

काठमाडौं, माघ ५ गते । वीरगञ्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंह, पूर्वमन्त्रीहरु प्रदिप यादव र इस्तिहाक राईसहित ठुलो संख्यामा जसपाका नेताहरु नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।

गए राति नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा उहाँहरुलाई पार्टी प्रवेश गराइएको सचिव महेश बस्नेतले बताउनुभयो । एमालेका केन्द्रीय सदस्य एवं पर्साका संयोजक प्रभु हजाराका अनुसार सिंह, यादव नेता इस्तिहाक राई लगायतका नेताहरुलाई अध्यक्ष ओलीले खादा लगाएर एमालेमा प्रवेश गराउनुभएको हो । यादव र राई अशोक राई नेतृत्वको जसपाका उपमहासचिव हुनुहुन्थ्यो ।

यसैगरी वीरगञ्ज महानगरपालिकाका ७ जना वडाअध्यक्षहरु पनि प्रमुख सिंहसँगै एमालेमा प्रवेश गर्नुभएको छ । प्रमुख सिंह एमालेमा प्रवेश गरेपछि आज ठूलो संख्या जसपा लगायत अन्य पार्टीमा रहेका वडाअध्यक्षहरु वीरगञ्जमा आयोजना हुने कार्यक्रममा एमालेमा प्रवेश गर्ने तयारी रहेको हजाराले बताउनुभयो । यसैगरी अन्य निकायमा निर्वाचित भएका केही पदाधिकारी पनि आज पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको पर्सा जिल्ला सचिव महेश दासले जानकारी दिनुभयो ।

उपेन्द्र यादव नेतृत्वका जसपा नेपालसँग पार्टी एकीकरण भएको दुई हप्तामा नै शिर्ष तहका नेताहरुले सो पार्टी त्यागेर एमाले प्रवेश गरेका छन् । हजाराका अनुसार यादवलाई एमालेले पर्सा १ मा उम्मेद्वार बनाउने भएको छ । यस्तै, राईलाई बाँके २ मा एमालेले उम्मेद्वार बनाउने भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend