पब्लिक सूचना
होटल फरेस्ट इनले आज (आइतबार) देखि आइपिओ बिक्री खुला गरेको छ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो।
कम्पनीले जारी पुँजी २ अर्ब रूपैयाँको २० प्रतिशत अर्थात ४० करोड रूपैयाँ बराबरको ४० लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
जसमध्ये १० प्रतिशत अर्थात् ४ करोड रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ दरका ४ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो।
उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।
कमपनीको आइपिओमा माघ ८ गतेसम्म आवेदन दिन सकिनेछ सो समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि माघ १८ गतेसम्म लम्बिनेछ।
कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आइआरएन डबल बी माइनस इस्युअर’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी आस्बा प्रणाली मार्फत वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend