logo
  • शनिबार, असोज १७ २०८३

कनकाईमा पूर्व–पश्चिम लोकमार्गमा सवारी दुर्घटना, आमा–छोराको मृत्यु, ११ जना घाइते


  • पब्लिक सूचना
  • बिहिबार, माघ १ २०८२

कनकाई नगरपालिका–३, नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।

बिर्तामोडबाट माईधारतर्फ गइरहेको मे. १ च. ४५१५ नम्बरको मालबाहक गाडी र माईधारबाट बिर्तामोडतर्फ आइरहेको ना. ५ ख. २१४९ नम्बरको बस एकआपसमा ठोक्किँदा पिकअपमा सवार भद्रपुर नगरपालिका-८ की ४० वर्षीया सुष्मा राजवंशी उहाँका १८ महिनाका  छोरा आरुत राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले  जानकारी दिनु भयो ।

घाइतेहरूको बिर्तासिटी र बि एन्ड सी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । दुर्घटनापछि फरार बस चालकको खोजी भइरहेको छ भने मालबाहक गाडीका चालक बिर्तामोड नगरपालिका–६ का ३९ वर्षीय जाकिर हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend