logo
  • आइतबार, असोज १८ २०८३

प्रतिनिधिसभा निर्वाचनका लागि मुगुमा ६२६ जना निर्वाचन प्रहरी भर्ना


  • पब्लिक सूचना
  • मंगलबार, पुष २९ २०८२

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मुगुमा निर्वाचन सुरक्षाका लागि छसय २६ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।

निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत कार्यविधि २०८२ अनुसार माघ १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार दरखास्त दिने उम्मेदवारले फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रवीन्द्र थपलियाका अनुसार निर्वाचन प्रहरी भर्ना एकीकृत कार्यविधि २०८२ अनुसार नेपाली नागरिक हुनुपर्ने, सामान्य लेखपढ गर्न जान्ने, कुनै फौजदारी अभियोगमा सजाय नपाएको, भर्नाका बेला कुनै राजनीतिक दलको सदस्य नभएको तथा शारीरिक र मानसिक रूपमा स्वस्थ हुनु पर्नेछ ।

त्यस्तै, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, विदेशी मित्रराष्ट्रका सुरक्षा निकायबाट सेवा निवृत्त पूर्व सुरक्षाकर्मी तथा पूर्व वन रक्षक, साथै २०८१ माघ १ देखि २०८२ पुस मसान्तसम्म नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा विभिन्न पदमा भर्नाको लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकालाई प्रवेशपत्रका आधारमा प्राथमिकता दिइएको थपलियाले जानकारी दिनुभयो ।

आवेदकको प्रारम्भिक छनोट माघ ५ देखि ९ गतेसम्म गरिनेछ भने अन्तिम नतिजा माघ १२ गते प्रकाशित हुने जनाइएको छ । छनोटमा परेका निर्वाचन प्रहरीलाई माघ १३ देखि २४ गतेसम्म तालिम तथा प्रशिक्षण दिइने प्रहरी नायव उपरीक्षक थपलियाले   जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend