logo
  • शनिबार, असोज १७ २०८३

काठमाडौं–१३ मा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते


  • पब्लिक सूचना
  • सोमबार, पुष २८ २०८२

काठमाडौं महानगरपालिका–१३ गौरीगाउँस्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक रामेछाप नगरपालिका–५ घर भई हाल काठमाडौं जोरपाटी बस्ने २८ वर्षीय लोकबहादुर सुनारको मृत्यु भएको काठमाडौँ उपत्यक ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बा ७१ प ५८८९ नं को मोटरसाइकल बा ४ ख २८९८ नं को टिपरमा ठक्कर खाई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक सुनार गम्भीर घाइते भएका थिए । उहाँको केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।”

उक्त दुर्घटनामा परी घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको जनाउँदै टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता सुवेदीले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend