पब्लिक सूचना
गोरखाको पालुङटार नगरपालिका –३ बोगटी गाउँका शङ्कर सुनारको कुटपिटबाट उनको श्रीमतीको मृत्यु भएको छ । श्रीमानको निर्घात कुटपिटबाट २१ ब्र्षिया श्रीमती अनुस्का परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिनुभयो ।
शङ्कर भन्ने व्यक्तिले बिहिबार ११ः३० बजे श्रीमतीलाई कुटपिट गरी गम्भीर घाइते बनाएका छन् भनेर जिल्ला प्रहरी कार्याल गोरखालाई साढे १२ बजे सूचना प्राप्त भयो, प्रहरी निरीक्षक लम्सालले भन्नुभयो, ‘हाम्रो टोली घट्नास्थल पुगी स्थानीय र आफन्तको सहयोगमा गम्भीर घाइते परियारलाई उपचारका लागि आँपपिपल अस्पताल पठाइएको उहाँले बताउनुभयो ।’
घाइते अवस्थाकी परियारलाई उपचारका लागि अस्पतालमा साँझ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रारम्भिक उपचारको क्रममा नै अत्यधिक चोटपटकका कारण परियारको मृत्यु भएको चिकित्सकले बताएका प्रहरीको भनाइ छ ।
प्रहरीले मृतकको शवको मुचुल्का उठाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमको लागि प्रदेश अस्पताल गोरखामा पठाएको जनाएको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
घट्नामा सग्लग्न आरोपी शङ्कर सुनार पनि कुटपिटकै क्रममा घाइते भएको र हाल सुनारको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको प्रहरी निरीक्षक लम्सालले बताउनुभयो । उपचारपछि हत्या आरोपी सुनारलाई प्रहरी नियन्त्रणमा लिएर घटनाको विस्तृत अनुसन्धान तथा कानुनी कारवाही अघि बढाइने जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend